back

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत रू. १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति रू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोल्नु भएका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोल्नु भएकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोल्नु भएका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोल्नु भएकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोल्नु भएकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ७० लाख रकम प्रदान गरिएको हो ।

निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गर्नुभएको हो ।

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोल्नुभएका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोल्नुभएका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोल्नुभएका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोल्नुभएकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई रू. १४ करोड ३८ लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ ।

जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई रू. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई रू. २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई रू. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...