back
Naima

राष्ट्रिय वाणिज्य बैंकले वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको  छ ।

ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ ‘प्रोटेक योर मनी, सेभ योर मनी’ भन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...