back
himalayan life

‘बीमा कम्पनीहरु मर्जर भएर मात्रै हुँदैन, पुँजीअनुसारको व्यवसायीक रोडम्याम आवश्यक’: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले पुँजीहरुअनुसारको व्यवसायीक रोडम्याप बनाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् । ह्यायत होटेलमा एक बिशेष समारोह गर्दै सिद्धार्थ र प्रिमियरले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् ।

सोही समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुँजीसँगै बीमा सेवाको दायरा समेत फराकिलो बनाउनुपर्ने बताए । कम्पनीले पूँजी मात्र बढाएर खास अर्थ नराख्ने उनको भनाइ छ ।

‘बीमा कम्पनीहरुले मर्जर गरेर, पँुजी बढाएर मात्रै हुँदैन । पूँजी अनुसारको व्यवसाय पनि गर्न सक्नुपर्छ । साथै, दावी भुक्तानी पनि समय दिनुपर्छ,’ उनले भने, ‘समग्रमा मर्जपछिको व्यवसायमा केही नविनतम पनि देखिनुपर्छ ।’

समग्र बीमा बजारलाई विश्वसनीय बनाउन समयमा दावी भुक्तानी गर्न अपरिहार्य रहेको उनको भनाइ छ । दावी भुक्तानी पाएनौ भनेर ग्राहकबाट गुनासो आउने बातावरण बनाउन नहुने उनले बताए । ‘कम्पनीले दावी भुक्तानी समयमै गरेपछि मात्रै उसको लोकप्रियता बढ्ने हो । तसर्थ, कम्पनीहरुले दावी भुक्तानीमा जोड दिनैपर्छ,’ उनले बताए ।

अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नयाँ सिनर्जी आएको पनि बताए । ‘नियामक निकायको नजरमा यी दुवै कम्पनी राम्रो थिए ।

त्यो अवस्थामा यी दुई कम्पनी मर्ज हुदाँ नयाँ सिनर्जी आएको छ,’ उनले भने, ‘तर, मर्ज भएर मात्रै हुदैन । अब कम्पनीले नयाँ नयाँ बीमा पोलिसी ल्याउनुपर्छ । साथै, डिजीटाइजेशनमा समेत जोड दिनुपर्छ ।’

अध्यक्ष सिलवालले भुगोल अनुसारको बीमा पोलिसी ल्याउनुपर्नेेमा पनि बीमा कम्पनीहरु अग्रसर हुनुपर्ने बताए । ‘अहिले प्रचलित पोलिसी काठमाडौैं भन्दा बाहिरको जिल्लाको लागि त्यति काम लाग्दो छैनन् ।

नेपाल भौगोलिक रुपमा विविधता छ,’ उनले भने, ‘त्योअनुसार भौगोलिक अवस्था अनुसार फरक फरक बीमा पोलिसी ल्याउने बिषयमा कम्पनी अग्रसर हुनुपर्छ ।’ साथै, कम्पनीहरुले काठमाडौ बाहिर गएर व्यवसाय गर्न पनि अग्रसर हुनुपर्ने उनले बताए ।

यस्तै, अध्यक्ष सिलवालले मर्जपछि कर्मचारी समायोजनमा समस्या आएमा प्राधिकरणले कारवाही समेत गर्ने बताए । ‘एकीकृत कारोबारसम्म बीमा कम्पनीहरुको मर्जर सफल नै भएको छ । यदि, निकट भविष्यमा कर्मचारी समायोेजनमा कुनै समस्या आयो, कर्मचारीहरु पिडित भए भने प्राधिकरणले कारवाही समेत गर्न सक्नेछ,’ उनले बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...