back

‘अब डिजिटल करेन्सीको विकल्प छैन’ : गभर्नर अधिकारी

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउनेतर्फ तयारी गरिरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘अब डिजिटल करेन्सीको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नुपर्छ ।’

अधिकारीले राष्ट्र बैंकको नीतिकै कारण बिट्क्वाइन तथा क्रिप्टोकरेन्सीमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको बताउनुभयो । उहाँले बिट्क्वाइन तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए । तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर सर्वसाधारणलाई पटक पटक सजग गरायौं ।

अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...