back
himalayan life

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको डीडीए रिपोर्ट : स्वाप रेसियो १००ः९० हुने, एकीकृत कारोबार कहिले ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएको छ । गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका यी दुवै बैंकले डीडीए रिर्पोट तयार गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।

मेगा बैंक लिका अध्यक्ष भोजबहादुर शाहका अनुसार पूर्व सहमति अनुसार नै धेरै कार्य अघि बढेको अर्थपथलाई जानकारी दिए । यति बेला डीडीए सकाएर कर्मचारी मिलान, शाखा कार्यालय मिलान लगायतका कार्यका लागि कमिटि गठन गरि कार्य अघि बढेको उनले बताए ।

उनले भने,–’पूर्व सहमति अनुसार नै कार्य अघि बढेका छन्, अहिले आन्तरिक सबै प्रक्रिया मिलाएर हामी पुस मसान्तसम्म एकीकृत कारोबार गरिसक्छौ ।’

यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको जगेडा कोष ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।

हाल एनआईबिलको शाखा ८८ वटा र एटिएम १३१ वटा रहेका छन् भने मेगा बैंकको शाखा २२८ वटा र एटिएम ४० वटा रहेका छन् । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् ।

यस्तै, हाल नेपाल इन्भेष्टमेन्ट बैंकका १ हजार ५०६ जना र मेगा बैंकसँग १ हजार ७१२ जना कर्मचारी रहेका छन् । मर्जरपश्चात कर्मचारी संख्या ३ हजार २१८ जना पुग्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...