back
himalayan life

बैंक अफ काठमाण्डूको कार्डबाट ई कमर्स कारोबारमा गर्दा क्यासब्याक पाइने

काठमाडौं । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेकोमा ग्राहकहरुले कारोबार गरेको रकमको १० वा अधिकतम् १५०० सम्म नगद फिर्ता पाउनेछन् । नगदफिर्ता योजना यहि भदौं २२ गते बुधबारबाट सुरु हुनेछ ।

नगद फिर्ता योजनामा बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ ।

यदि कोहि ग्राहकहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक ग्राहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् । अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नेछन् ।

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्युतीय माध्यमबाट भुक्तानी गरीरहेका छन् ।

पछिल्लो समय कार्डबाट हुने विद्युतीय भुक्तानी कारोबारमा यस बैंकको ग्राहकहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक ग्राहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।

यस नगद फिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक ग्राहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकहरुलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...