back
himalayan life

अब कृषि बीमा नि:शुल्क, तर बेखबर छन् किसान : कुन-कुन बस्तुको बीमा गर्दा कति लाग्छ बीमाशुल्क ?

कृषि बीमामा छुटै-छुट

काठमाडौं । निर्जीवन बीमा कम्पनीले गर्दै आएको कृषि बीमामा कुनै पनि रकम भुक्तानी गर्नुपर्ने छैन । कृषकहरुले शतप्रति अनुदानमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्न पाउँने भएका छन् ।

कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिएको छ । यसका साथै स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदान दिने थालेका छन् । तर, पनि लक्षित कृषक भने यस्तो सुविधाबाट बेखबर छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०/७१ देखि कृषि बिमाको शुरुवात भएको हो । बिमा कम्पनी तथा कृषकलाई बिमामा आकर्षित गर्न सरकारले अनुदान समेत व्यवस्था गरेको हो ।

सरकारले न्यून बर्गीय कृषकले पनि बिमाको सुविधा लिन सकोस भनी अनुदानको व्यवस्था गरेको हो, तर, लक्षित बर्गले यसको सुविधा लिन नसकेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

लक्षित कृषकसम्म बिमाको सुचना पुग्न नसकेको नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बिमक संघका महासचिव अशोक खड्को भर्ना छ । कम्पनीहरु बढी व्यवसायिक हुँदा लक्षित वर्गसम्म पुग्न नसकेको उनको अनुभव छ ।

कृषि बीमामा छुटै-छुट

सरकारले आव २०७०/७१ साउन १ गते देखि बिमा प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको हो । तर, सो आवमा कृषि बिमाले आशातित रुपमा सफलता हासिल गर्न नसकेपछि कृषकहरुलाई थप आकर्षित गर्न आव २०७१/७२ साउन १ गते देखि बिमा प्रिमियममा ७५ प्रतिशत अनुदानको व्यवस्था गरियो ।

साथै, यसअघि एक करोड रुपैयाँसम्मको बिमांक रकममा मात्रै अनुदान पाउने व्यवस्था थियो । २०७१ साउन १ गते देखि त्यो व्यवस्थालाई खारेज गरी बिमांक रकमको सीमा नै खुला गरियो ।

यसैगरी आव २०७२/७३ देखि मूल्य अभिवृद्धि करमा कृषकलाई छुट गरीयो ।

२०७५ साल बैशाख १ गते देखि कृषि बीमा गर्ने कृषकहरुको दुई लाख रुपैयाँको बिमांकको दुर्घटना बिमा अनिवार्य गरियो ।

जसअनुसार बिमा पोलिसी अवधि भित्र बिमित (कृषक) को दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमांक रकम भुक्तानीको व्यवस्था गरियो । सो वापत कृषकले एक वर्ष वा सो भन्दा बढी अवधीको लागी रकम १०० सय प्रिमियस भुक्तानी गर्नुपर्नेछ भने सो भन्दा कम अवधिको लागि भने ५० रुपैयाँ प्रिमियम तोकियो ।

त्यस्तै, आव २०७७/७८ देखि सरकारले कृषि बिमामा ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । तर, ड्रागनफुड र किबी खेतीमा भने अनुदान नरहेको समितिका प्रवक्ता राजु रमण पौडेलले बताए ।

पाँच प्रतिशत कृषि बिमा पोलिसी अनिवार्य जारी गर्नुपर्ने

बिमा कम्पनीहरुले बार्षिक रुपमा जारी गरेको कुल बिमा पोलिसीमध्ये पाँच प्रतिशत अनिवार्य रुपमा कृषि बिमा जारी गरेको हुनुपर्नेछ ।

बिमा समितिले कृषि पशुपन्छी तथा जडीबुटी निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । अन्य बिमाको तुलनामा कृषि बिमाको सञ्चालन खर्च अधिक छ ।

तसर्थ कम्पनीहरुले कृषि बिमालाई प्राथमिकतामा राख्दैनन् । त्यसैले पनि समितिले समय समयमा यस्ता अनिवार्य प्रावधानहरु राख्दै आएको छ ।

कृषिजन्य बस्तुहरु, पशुपन्छी, बाली, माछा लगायत बिभिन्न प्रकारका बालीहरुको हानी नोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तिका लागि गरिने बिमालाई कृषि बीमा भनिन्छ ।

कहिले सुख्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधि जस्ता जोखिमकोे कारणबाट बाली नालीको क्षति हुने गर्दछ । यस्ता जोखिमबाट बचाउन बिमाको शुरुवात गरिएको हो ।

कृषि बिमा भित्र अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, सुख्खा फल, कन्दमूल, चिनीजन्य बाली, पेय, मसाल, फूल, घाँसेबाली, किरा (वनस्पति वर्गमा राखिने किरा वर्ग), खाद्यन्न, अन्य वनस्पतिको बिमा गरिन्छ ।

पशुपन्छीमा गाईभैसी, भेडाब्राख्रा, घोडा वर्ग, सुँगुर वर्ग, घरपालुवा जनावर, पन्छी, माछा, किरा, अन्य पशुपन्छीको बिमा गरिन्छ भने जडिबुटी अन्तर्गत रुख वर्ग, झाडी वुट्यान वर्ग र झार वर्ग पर्छन् ।

गत आव २०७८/७९ मा ३६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कृषि तथा पशु बिमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ५९ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ भने एक लाख ३४ हजार ५८७ वटा पोलिसी जारी भएको छ ।

जसमध्ये दुई अर्ब ४६ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको छ । जसबाट बिमा कम्पनीहरुरले १३ करोड ८२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । चार हजार १२९ बिमा पोलिसी जारी भएको ।

त्यस्तै, ३४ अर्ब २१ करोड रुपैयाँ बराबरको पशुबिमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ४५ करोड रुपैयाँ संकलन गरेका छन् भने एक लाख ३० हजार ४५८ पोलिसी जारी भएको छ ।

कुन-कुन बस्तुको बीमा गर्दा कति लाग्छ बीमाशुल्क ?

उत्पादनमा आधारित तरकारी खेतीको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ७ प्रतिशत बीमाशुल्क लाग्छ । लागतमा आधारित तरकारीको प्रतिबाली ५ प्रतिशत बीमाशुल्क तोकिएको छ ।

अन्नबाली अन्तर्गत चैते धान, बीज वृद्धि र घाँसे बालीको प्रति बाली बीमाङक रकमको ५ प्रतिशत बीमाशुल्क लाग्छ । मसाल अन्तर्गत अदुवाको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ७ प्रतिशत बीमाशुल्क लाग्छ भने बेसार र अलैँचीको बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तोकिएको छ ।

फलफूल अन्तर्गत मौसममा आधारित स्याउनको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ८ प्रतिशत बीमाशुल्क तोकिएको छ । केरा, उखु, सुन्तला, कागती र जुनारको बीमा गर्दा भने बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यस्तै, मौरी, चिया र कफिको बीमा गर्दा पनि ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । पशुबीमा तर्फ भने पशु र बाख्राको बीमा गर्दा बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

पन्छीमा अष्ट्रिचको २ प्रतिशत, कुखुराको १.२५ प्रतिशत, लेयर्स, प्यारेन्ट र हाँसको भने ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

कालिज बीमा भने १.२५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्छ । माछाको बीमा गर्दा २ र पोखरीको बीमा गर्दा १ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

सो बीमाशुल्क रकममा सरकारले ८० प्रतिशत अनुदान दिएको छ भने स्थानिय सरकारले २० प्रतिशत अनुदान दिन थालेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...