back

एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्दा आकर्षक छुट योजना

nactional life

काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाईनमार्फत बचत खाता खोल्ने ग्राहक महानुभावहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ ।

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेलमार्फत मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ ।

बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ ।

हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहक महानुभावहरुलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकहरुले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंकसहितको एसएमएस प्राप्त गर्नुहुनेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...