महिलाको कुमारीत्व परीक्षणसँग जोडिएका भ्रमः जुन शताब्दीदेखि बनिरहेछ ठूलो समस्याको कारण
वि.सं.२०७९ वैशाख १२ सोमवार
काठमाडौं । एकदिन सर्रासको मेल बक्समा एक अपरिचित युवतीको ईमेल आयो । ती अपरिचितले ‘म कुमारी छु त’ भनेर प्रश्न सोधेकी थिइन् । सर्रासले यस्तो तस्बिर पहिलोपटक देखेकी थिइन् जसलाई उनले ‘भजाइना सेल्फी’ नाम दिइन् । त्यतिबेला उनलाई कसरी जवाफ दिने भनेर थाहा भएन ।
त्यतिबेला सर्रास अरबी भाषाको ‘लभ म्याटर्स’ नामको फेसबुक पेजकी एडमिन थिइन् । यसै फेसबुक पेजमार्फत् सोसल मिडियामा सम्बन्ध र सेक्स सम्बन्धि तालिम अरबी भाषामा दिइन्छ ।
सर्रासले भनिन्, ‘ती अपरिचित युवतीले हालसम्म आफू एउटा सम्बन्धमा रहेको र अब उनको इन्गेजमेन्ट हुन लागेको बताइन् । इन्गेजमेन्ट गर्नुअघि आफ्नो कुमारित्व भंग त भएको छैन भनेर सुनिश्चित गर्न चाहन्थिन् ।’
यति भनिसकेपछि सर्रास केही बेर रोकिँदै भन्छिन्, ‘म ‘मफ्तुहा’ नामको यो शब्दसँग असाध्यै घृणा गर्छु । ती अपरिचित युवतीले आफ्नो योनीको तस्बिर पठाएर ‘म मुफ्तुहा छु’ भनेर सोधेकी थिइन् । उनले ‘मेरो हाइमेन (कन्या जाली) खुलेको छ ’ भनेर प्रश्न गरेकी थिइन् ।’
वास्तवमा ती अपरिचित युवतीले सर्रासलाई उनको हाइमेन देखिएको छ भनेर सोधिरहेकी थिइन् । साथै, उनले विवाह गर्दा कुमारी हुनुपर्ने दबाब आफ्नो समाजमा अत्यधिक हुने भएकोले के ती सही छन् भनेर ती युवतीले सर्रासलाई सोधेकी थिइन् । उनले विवाहपछि उनका श्रीमान्ले उनी कुमारी भएको प्रमाण हाइमेन च्यातिएर निस्कने रगतको रुपमा देख्न चाहने पनि बताइन् ।
स्मरण रहोस्, कुनै युवतीको हाइमेन ठिक छ भन्नुको अर्थ उनले अहिलेसम्म यौन सम्बन्ध स्थापित गरेकी छैनन् वा उनको कुमारित्व सुरक्षित छ भनेर हाइमेन । यद्यपि, विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले सन् २०१८ मा कुमारित्व परीक्षणको यो तरिकालाई मानवाधिकारको उल्लंघन बताएको थियो ।
महिलाको यस्तो परीक्षण विभिन्न तरिकाले गर्न सकिन्छ । उदाहरणका लागि योनी छोएर हाइमेन परीक्षण गर्नु वा योनीको लचिलोपन हेर्नु वा विवाहको रात यौनसम्बन्ध स्थापित भएपछि बेडसिटमा लाग्ने रगतको टाटो हेर्नु वा त्यो आफन्तलाई देखाउनु ।एजेन्सी
प्रकाशित समय : ११:५१ बजे






















