back

महिलाको कुमारीत्व परीक्षणसँग जोडिएका भ्रमः जुन शताब्दीदेखि बनिरहेछ ठूलो समस्याको कारण

nactional life

काठमाडौं । एकदिन सर्रासको मेल बक्समा एक अपरिचित युवतीको ईमेल आयो । ती अपरिचितले ‘म कुमारी छु त’ भनेर प्रश्न सोधेकी थिइन् । सर्रासले यस्तो तस्बिर पहिलोपटक देखेकी थिइन् जसलाई उनले ‘भजाइना सेल्फी’ नाम दिइन् । त्यतिबेला उनलाई कसरी जवाफ दिने भनेर थाहा भएन ।

त्यतिबेला सर्रास अरबी भाषाको ‘लभ म्याटर्स’ नामको फेसबुक पेजकी एडमिन थिइन् । यसै फेसबुक पेजमार्फत् सोसल मिडियामा सम्बन्ध र सेक्स सम्बन्धि तालिम अरबी भाषामा दिइन्छ ।

सर्रासले भनिन्, ‘ती अपरिचित युवतीले हालसम्म आफू एउटा सम्बन्धमा रहेको र अब उनको इन्गेजमेन्ट हुन लागेको बताइन् । इन्गेजमेन्ट गर्नुअघि आफ्नो कुमारित्व भंग त भएको छैन भनेर सुनिश्चित गर्न चाहन्थिन् ।’

यति भनिसकेपछि सर्रास केही बेर रोकिँदै भन्छिन्, ‘म ‘मफ्तुहा’ नामको यो शब्दसँग असाध्यै घृणा गर्छु । ती अपरिचित युवतीले आफ्नो योनीको तस्बिर पठाएर ‘म मुफ्तुहा छु’ भनेर सोधेकी थिइन् । उनले ‘मेरो हाइमेन (कन्या जाली) खुलेको छ ’ भनेर प्रश्न गरेकी थिइन् ।’

वास्तवमा ती अपरिचित युवतीले सर्रासलाई उनको हाइमेन देखिएको छ भनेर सोधिरहेकी थिइन् । साथै, उनले विवाह गर्दा कुमारी हुनुपर्ने दबाब आफ्नो समाजमा अत्यधिक हुने भएकोले के ती सही छन् भनेर ती युवतीले सर्रासलाई सोधेकी थिइन् । उनले विवाहपछि उनका श्रीमान्ले उनी कुमारी भएको प्रमाण हाइमेन च्यातिएर निस्कने रगतको रुपमा देख्न चाहने पनि बताइन् ।

स्मरण रहोस्, कुनै युवतीको हाइमेन ठिक छ भन्नुको अर्थ उनले अहिलेसम्म यौन सम्बन्ध स्थापित गरेकी छैनन् वा उनको कुमारित्व सुरक्षित छ भनेर हाइमेन । यद्यपि, विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले सन् २०१८ मा कुमारित्व परीक्षणको यो तरिकालाई मानवाधिकारको उल्लंघन बताएको थियो ।

महिलाको यस्तो परीक्षण विभिन्न तरिकाले गर्न सकिन्छ । उदाहरणका लागि योनी छोएर हाइमेन परीक्षण गर्नु वा योनीको लचिलोपन हेर्नु वा विवाहको रात यौनसम्बन्ध स्थापित भएपछि बेडसिटमा लाग्ने रगतको टाटो हेर्नु वा त्यो आफन्तलाई देखाउनु ।एजेन्सी

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...