back
himalayan life

सेञ्चुरी बैंकको अधिकांश सूचकमा उछाल, नाफा पुग्यो १८४ प्रतिशत बढेर अर्ब क्लबमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८३.५९ प्रतिशत बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेर २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ७९ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेर १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ, जगेडा कोष २३.०१ प्रतिशत बढेर २ अर्ब ३० करोड ८१ लाख ५५ हजार रुपैयाँ, निक्षेप ३.१८ प्रतिशत घटेर ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ र कर्जा ११.६६ प्रतिशत बढेर ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.२९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...