back

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ ।

चैत्र २८ गते काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने बताए ।

बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।

सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

युआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आईएसओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरेका छन् ।

कामना सेवा विकास बैंक नेपालकै आईएसओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ ।

यसले कामना सेवा विकास बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।

साथै बैंकले “हामी सक्षम छौँ” भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका थिए ।

बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमको अध्यक्षता गरेका थिए भने सञ्चालक भिम प्रसाद तुलाचनले उपस्थितहरुलाई बैंकको तर्फबाट स्वागत गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...