back

पार्क सफारी रिसोर्टमा सिटिजन्स बैंक ग्राहकलाई १० प्रतिशत छुट

nactional life

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

यस्तै मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल ९यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ० र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट–क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँ क्यासब्याक दिइने छ ।

साथै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निशुल्क डेविट कार्ड, मोबाइल–इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटिएमबाट निशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...