back

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ सबल बचत खातामा’ सबैभन्दा धेरै १३ प्रतिशत ब्याजदर दिने

nactional life

काठमाडौं । देशको दुरदराजमा रहनुभएका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ वित्तीय कारोबार गर्दै आइरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो ।

सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशत सम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् ।

वित्तीय क्षेत्रमै नयाँ अभ्यासको सुरुवात गर्दै संस्थाले सर्वश्रेष्ठ सबल बचत खता खोल्ने सेवाग्राही सदस्यहरुले तोकेबमोजिमको फारम भरेर संस्थाको जुन सुकै शाखा कार्यालयबाट पैसा निकाल्न र जम्मा गर्न सक्नेछन् र पैसा, जम्मा गर्दा र निकाल्दा कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ ।

सबल बचत खाताका बिशेषताहरु

सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशत सम्म बार्षिक व्याजदर कायम गरिएको छ ।
पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ ।
सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५% ।
बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५% रहेको छ ।
धितो कर्जामा कर्जाको व्याजदरमा ०.५०% छुट रहेको छ ।
बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।
यस बचत खातामा ABBSको सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न/राख्न मिल्छ
सदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्नुहुनेछ ।
यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप नवीनतम् प्रबिधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा मार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एसएमएसमार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुशासन्धानात्मक क्षेत्रहरुमा लगनी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस बित्तिय संस्थाले कार्यक्रम बिस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय स्तरको अग्रणी लघुबित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु तथा कालिकोट जस्ता जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...