back

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशप्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशभरीका सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

The Organization for Economic Co-operation and Development(OECD) को समन्वयनमा गत चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक २०२२ Build Your Future, Be Smart About Money भन्ने मुलनाराका साथ कार्यक्रम सञ्चालन गरिएको छ ।

ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।


ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले हिल्टन काठमाडौं होटलमा...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:३९

स्याङजा । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:४०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यामान संस्थापक शेयरधनीहरूका...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:३७

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक...