back
himalayan life

सार्वजनिक यातायातमा मनपरी भाडा असुल्दै, यात्रु कोचा -कोच ‘छैन कोरोनाको डर’

काठमाडौँ। यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने उपत्यकामामै मनपरी भाडा लिन थालेका छन्।

यातायात व्यवस्था विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको थियो । उपत्यकामामै व्यवसायीले मनपरी भाडा लिरहेका छन् विभागले मनपरी भाडा लिएको थाहा पाऊदा पनि अनुगमन नगरेको यात्रुहरुको गुनासो छ।

दिनहु जसो गाडिमा हिडिरहने यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताए।

बढी भाडा लिने बा२ख ६८०५ नम्बरको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन।सिम्खडा भन्छन मनपरी भाडा त उठाय -उठाय यस्तो कोरोनाको माहामारिमा पनि यात्रु कोचा -कोच हालेको देख्दा पनि अनुगमन नहुने कस्तो अनुगमन टोलि ?

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उनको दुःखेसो छ।
फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएरपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए।

त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ। साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा त प्रतिनिधि पात्र मात्र हुन्।

विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो। सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ।

यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायबसुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिए। विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिए।

बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही गरिएको महाशाखाले जनाएको छ। बढी भाडा लिने क्रम दोहोर्‍याउने सवारीलाई रु पाँच हजार कारवाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए।

‘प्रत्येक दिन धुम्बाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु’, उनले भने। शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ।

यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गरेका छन्।

२०७८ साउत ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...