back
nactional

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

नाइमामा मुख्यगरी इलेक्ट्रीक स्कुटर र नयाँ एडभ्न्चर मोटरसाइकलमा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा १ हजार २०० युनिट बढी दुईपाँग्रे सवारी साधन बुकिङ भएका छन् ।

बिक्रेताहरूले उपलब्ध गराएको तथ्यांक अनुसार आइतबार दिउँसो ३ बजेसम्म विभिन्न ब्राण्डका १२३३ युनिट स्कुटर र मोटरसाइकल बुकिङ भएका हुन् ।

नाइमामा डेढ दर्जन दुईपाँग्रे सवारी ब्राण्डले सहभागिता जनाएका छन् । ती ब्राण्डले १ दर्जन नयाँ मोडल लन्च गरेका छन् । नाइमामा मुख्यगरी इलेक्ट्रीक स्कुटर र नयाँ एडभ्न्चर मोटरसाइकलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

नाइमामा सबैभन्दा धेरै ४०० युनिट बढी एथरका इलेक्ट्रीक स्कुटर बुकिङ भएका छन् । वैद्य इनर्जीले नाइमामा एथर रिज्टाको नयाँ भेरियन्ट लन्च गरेको थियो । ग्राहकले नयाँ रिज्टासँगै अन्य मोडल पनि बुकिङ गरेको कम्पनीले जनाएको छ ।

सीएक्स मोटोका २०० युनिट बढी मोटरसाइकल बुकिङ भएका छन् । नेपालमा लागि सीएफमोटोको आधिकारिक बिक्रेता बाइकर्स नेपालले नाइमामा २०२६ को वल्र्ड सुपर बाइक रेसिङ च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ मोटरसाइकल जेडएक्स मोटो ८०० आरआर लन्च गरेको थियो ।

याडिका १४५ युनिट बुकिङ भएको छ । बुकिङ भएकामध्ये ४५ युनिट डेलिभरी समेत गरिसकिएको नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले जनाएको छ । कम्पनीले नाइमा एक्स्पो सुरु हुनु केही दिन अघि मात्रै जीटी ७०, जीटी ८० र जीएस ७० गरी तीन नयाँ मोडल सार्वजनिक गरेको थियो ।

ट्रायम्फका मोटरसाइकल पनि १०० युनिट बढी बुकिङ भएका छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले नाइमा एक्स्पोमा ट्रायम्फको सबैभन्दा सस्तो नयाँ मोटरसाइकल ‘ट्रायम्फ स्पीड टी ४’ लन्च गरेको थियो । कम्पनीले उक्त मोटरसाइकलको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै, सीएफमाेटाे १०८, सुजुकीको ५०, भोल्टसको २५, मोर्बिडेली ४५, रोयल इनफिल्ड १००, केटीएमको ६० युनिट मोटरसाइकल बुकिङ भएको बिक्रेता कम्पनीहरले जनाएका छन् । यी बाहेक अन्य ब्राण्डको तथ्यांक बाहिरिएको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

वि.सं.२०८३ भदौ १ सोमवार २२:२३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

वि.सं.२०८३ भदौ १ सोमवार २०:१५

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी...

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:५०

काठमाडौं ।नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ भव्य रूपमा सम्पन्न: १ लाख ८० हजार दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ भव्य रूपमा सम्पन्न: १ लाख ८० हजार दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन ३१ आइतवार २१:३१

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा...