back
Naima

शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।

यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।

कार्यक्रमले आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन् ।कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।यदि तपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वा केवल भविष्यको यातायात अनुभव गर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प तपाईंका लागि उपयुक्त अवसर हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...