back
Naima

स्काईवेलको ‘युरोप टुर फर फ्यामिली’ स्किम सार्वजनिक

काठमाडौं । नाडा अटो-शो २०२५ को पूर्वसन्ध्यामा जि मोटर्स प्रालि, स्काईवेल इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरकले ग्राहकका लागि विशेष स्किम ‘युरोप टुर फर फ्यामिली’ सार्वजनिक गरेको छ।

कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार यस स्किम अन्तर्गत नाडा अटो-शो अवधिभर स्काईवेलको स्टल H12 मा गई गाडी बुकिङ गर्ने ग्राहकलाई परिवारसहित युरोप भ्रमण गर्ने अवसर दिलाइनेछ। उक्त भ्रमणको क्रममा ग्राहकले युरोपमै स्काईवेल सवारीको टेस्ट ड्राइभ गर्ने विशेष अनुभव पाउनेछन्।

कम्पनीले नाडा-शो अवधिमा बुकिङ गर्ने हरेक ग्राहकलाई क्लासिक डायमन्ड न्युरोडबाट डिजाइन गरिएको एक थान डायमन्ड नेकलेस उपहार दिने जनाएको छ। त्यस्तै, अफरमा सहभागीमध्ये एक जना भाग्यशाली ग्राहकले रोलेक्स घडी जित्ने अवसर पनि पाउनेछन्।

नयाँ गाडी किन्न पुरानो गाडी एक्सचेन्ज गर्ने ग्राहकका लागि आकर्षक बोनस रकम थप उपलब्ध गराइनेछ। साथै, ८० प्रतिशतसम्मको न्यून ब्याजदरको लोन सुविधा र एक आर्थिक वर्षको कर छुटको व्यवस्था पनि गरिएको कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिनुभयो।

स्काईवेलका प्रीमियम मोडेलहरू उच्च १५० किलोवाट पावरसहित नेपालका विभिन्न भौगोलिक भेगमा सहजै सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ। युरोपियन गुणस्तरका यी सवारीसाधन हाल जर्मनी, बेलायत, अष्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायत ६५ भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्। नेपालमा पनि युरोपियन स्तरको गुणस्तर र प्रदर्शनसहितका सवारी सार्वजनिक गर्ने लक्ष्य कम्पनीले लिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...