back

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

nactional life

काठमाडौं । यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीका लागि विशेष र रोमाञ्चक बन्ने संकेत देखिएको छ। अटो शोमा फोटोन र सोकोनका विभिन्न मोडेलहरू विशेष छुट, उपहार र अफरसहित प्रस्तुत हुँदैछन्।

फोटोनले आफ्नो लोकप्रिय मोडेल टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान र TM1 ल्याएको छ भने सोकोनले आफ्नो ईभी भ्यानमार्फत उपभोक्तालाई आकर्षित गर्ने प्रयास गरेको छ। यी मोडेलहरूमा प्रदर्शनी अवधिभर विभिन्न मूल्य छुट, भ्यालु प्याकेज र उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोटोन TM1 को मूल्य अघिल्लो रु. ३३ लाख ७४ हजारबाट घटाएर रु. २६ लाख ९९ हजार तोकिएको छ। त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि विशेष छुट र अफर उपलब्ध हुनेछन्। फोटोन टुनल्यान्ड पिकअपमा भने बलियो छुटको घोषणा अटोशोमै गरेर रोमाञ्च थप्ने तयारी गरिएको छ।

ग्राहकलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले फोटोन र सोकोन दुवैले खरिद प्रक्रियालाई किफायती बनाउन विभिन्न प्याकेजहरू उपलब्ध गराएका छन्। नाडामा फोटोन माउन्टेन ईभी, TM1 वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, एक वर्षको फुल इन्स्योरेन्स, अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीसहित प्राप्त हुनेछ। साथै, यी मोडेलहरूमा फाइनान्स सुविधा पनि सहज रूपमा उपलब्ध हुनेछ।

फोटोन टुनल्यान्ड पिकअप खरिद गर्ने ग्राहकलाई ट्राङक्विलिटी स्पा अनुभव वा भाटभटेनीको रु. २५ हजारको शपिङ कुपन उपलब्ध हुनेछ। त्यस्तै, तीन वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (PMS) र ड्राइभर परिवारको स्वास्थ्य बीमा पनि थप लाभको रूपमा दिइनेछ।

माउन्टेन ईभी भ्यान खरिद गर्ने ग्राहकले विशेष छुटसँगै ५५ इन्चको स्मार्ट टिभी, पाँच पटकसम्म नि:शुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक सुज पाउनेछन्। सोकोन ईभी भ्यानले पनि आकर्षक छुटसँगै ५५ इन्चको स्मार्ट टिभी उपलब्ध गराउनेछ।

यी अफर र सुविधाले गाडी खरिद मात्र नभई समग्र खरिद अनुभवलाई नै थप सहज र लाभदायी बनाउन मद्दत गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। नाडा अटोशोमा सहभागीले फोटोनको स्टल A7 मा टुनल्यान्ड पिकअप, स्टल J4 मा माउन्टेन ईभी र TM1 तथा स्टल J6 मा सोकोन ईभी भ्यान अवलोकन गर्न सक्नेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...