back
skip this gaugauma singhadarbar

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

काठमाडौं । यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीका लागि विशेष र रोमाञ्चक बन्ने संकेत देखिएको छ। अटो शोमा फोटोन र सोकोनका विभिन्न मोडेलहरू विशेष छुट, उपहार र अफरसहित प्रस्तुत हुँदैछन्।

फोटोनले आफ्नो लोकप्रिय मोडेल टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान र TM1 ल्याएको छ भने सोकोनले आफ्नो ईभी भ्यानमार्फत उपभोक्तालाई आकर्षित गर्ने प्रयास गरेको छ। यी मोडेलहरूमा प्रदर्शनी अवधिभर विभिन्न मूल्य छुट, भ्यालु प्याकेज र उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोटोन TM1 को मूल्य अघिल्लो रु. ३३ लाख ७४ हजारबाट घटाएर रु. २६ लाख ९९ हजार तोकिएको छ। त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि विशेष छुट र अफर उपलब्ध हुनेछन्। फोटोन टुनल्यान्ड पिकअपमा भने बलियो छुटको घोषणा अटोशोमै गरेर रोमाञ्च थप्ने तयारी गरिएको छ।

ग्राहकलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले फोटोन र सोकोन दुवैले खरिद प्रक्रियालाई किफायती बनाउन विभिन्न प्याकेजहरू उपलब्ध गराएका छन्। नाडामा फोटोन माउन्टेन ईभी, TM1 वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, एक वर्षको फुल इन्स्योरेन्स, अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीसहित प्राप्त हुनेछ। साथै, यी मोडेलहरूमा फाइनान्स सुविधा पनि सहज रूपमा उपलब्ध हुनेछ।

फोटोन टुनल्यान्ड पिकअप खरिद गर्ने ग्राहकलाई ट्राङक्विलिटी स्पा अनुभव वा भाटभटेनीको रु. २५ हजारको शपिङ कुपन उपलब्ध हुनेछ। त्यस्तै, तीन वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (PMS) र ड्राइभर परिवारको स्वास्थ्य बीमा पनि थप लाभको रूपमा दिइनेछ।

माउन्टेन ईभी भ्यान खरिद गर्ने ग्राहकले विशेष छुटसँगै ५५ इन्चको स्मार्ट टिभी, पाँच पटकसम्म नि:शुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक सुज पाउनेछन्। सोकोन ईभी भ्यानले पनि आकर्षक छुटसँगै ५५ इन्चको स्मार्ट टिभी उपलब्ध गराउनेछ।

यी अफर र सुविधाले गाडी खरिद मात्र नभई समग्र खरिद अनुभवलाई नै थप सहज र लाभदायी बनाउन मद्दत गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। नाडा अटोशोमा सहभागीले फोटोनको स्टल A7 मा टुनल्यान्ड पिकअप, स्टल J4 मा माउन्टेन ईभी र TM1 तथा स्टल J6 मा सोकोन ईभी भ्यान अवलोकन गर्न सक्नेछन्।


पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

भारतबाट ईभी आयातमा वृद्धि

भारतबाट ईभी आयातमा वृद्धि

वि.सं.२०८२ भदौ ८ आइतवार १०:२४

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा...

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

वि.सं.२०८२ भदौ ३ मंगलवार १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे...

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

वि.सं.२०८२ भदौ ३ मंगलवार ०९:०१

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि...

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

वि.सं.२०८२ भदौ २ सोमवार १८:३२

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५...

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

वि.सं.२०८२ भदौ २ सोमवार १८:३०

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...