back
Naima

अब १० लाखमा इभी ट्याक्सी, मेट्रो अनलाइन ट्याक्सीको किस्ताबन्दी अफर सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी ट्याक्सी सेवा प्रदायक मेट्रो अनलाइन ट्याक्सीले पुराना ट्याक्सीधनी र नयाँ उद्यमी लक्षित गर्दै सहज किस्ताबन्दी योजनासहित इभी ट्याक्सी (इलेक्ट्रिक ट्याक्सी) खरीदको विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहकले रु १० लाख डाउन पेमेन्टमा नयाँ ट्याक्सी प्राप्त गर्न सक्नेछन्।

इजि एस्योरेन्स प्रा.लि. अन्तर्गत सञ्चालित मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार २० वर्षे पुराना ट्याक्सीको स्थानमा नयाँ इभी ट्याक्सी सञ्चालन गर्नुपर्ने नीतिलाई मध्यनजर गर्दै यो अफर ल्याएको हो। योजना अन्तर्गत जुनसुकै ब्रान्डका सरकारद्वारा स्वीकृत इभी ट्याक्सीहरु लिने व्यवस्था गरिएको छ।

‘देशमा बढ्दो बेरोजगारी र युवाको विदेश पलायन रोक्न हामीले यो योजना ल्याएका हौं,’ मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष संजित पौडेलले बताए, ‘यसले आम मानिसलाई आत्मनिर्भर बनाउने र नियमित आम्दानीको अवसर दिनेछ।’

पौडेलका अनुसार यस योजनाले वायु प्रदूषण न्यूनीकरण गर्नुका साथै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने सरकारको नीति कार्यान्वयनमा समेत सहयोग पुर्‍याउनेछ।

यस किस्ताबन्दी सुविधा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र गाडी कम्पनीहरूसँगको सहकार्यमा कार्यान्वयनमा ल्याइएको हो। मेट्रो अनलाइन ट्याक्सीले यो अफर अन्तर्गत ट्याक्सी खरिद गर्ने ग्राहकलाई नियमित मर्मत–सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्ने जनाएको छ।

मेट्रो अनलाइन ट्याक्सीले विगत पाँच वर्षदेखि नेपालमा ट्याक्सी सेवा क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधि–मैत्री बनाउने अभियानमा अग्रसर भूमिका खेल्दै आएको छ। कम्पनीले एउटै छानामुनि ट्याक्सीसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ, जसमा बीमा, सर्भिसिङ, सवारी दर्ता प्रक्रिया र यातायात सहजीकरणका पक्षहरू समेटिएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...