सीजी मोटर्सद्वारा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लन्च
वि.सं.२०८१ माघ ६ आइतवार
काठमाडौं । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकलहरू, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षित्रिय ग्राण्ड लन्च गरेको छ ।
सीजी मोटर्सले बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरूको रिजनल लन्च कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको हो ।
नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा गायक निशान भट्टराईलगायत अन्य कलाकारहरूको रोमाञ्चक परफरमेन्स पनि रहेको थियो ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेंजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएकोे छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
हीरो मोटरसाईकल तथा स्कुटर टुवाट नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।
चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।
यस्ता छन् उत्पादनका विशेषताहरू
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस(भीआई इन्जिन प्रदान गर्दछ ।
यसले ८ हजार ५०० आरपीएममा १६।९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४।६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कि।मी।रघण्टा मात्र ४।४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ ।
उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीब्र गतिको मोटरसाइकल हो ।
यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ ।
केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ ।
साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।
प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ ।
यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ, जसले गर्दा उच्चतम् स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अति उपयोगी हुनेछ ।
प्रकाशित समय : १४:३५ बजे





















