back

पारामाउन्ट्स प्रा.लि. द्वारा नेपालमा वुलिङ्ग इभी बिक्री वितरण सुरु,के के छन् सुबिधाहरु ?

nactional life

काठमाडौं । विश्व स्तरीय विद्युतीय गाडी वुलिङ्ग आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्स प्रा. लि. ले बहुप्रतिक्षित वुलिङ्ग बिंगुओ ईभी नेपालमा ल्याएको छ ।

यस सुखद कार्यको घोषणा गर्न पाउँदा गर्व लागेको कम्पनी ले जनाएको छ । विशेष कार्यक्रम बीच लन्च गरिएको यस गाडी प्रती सबैको चासो रहेको र अत्यन्तै उत्साहपूर्ण सहभागीता भएको जानकारी भएको छ।

नेपालमा अत्याधुनिक एवम् पर्यावरण–मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

वुलिङ्ग इभी मा ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक चार्जमा ३३३ किलोमिटरसम्मको सहज एवम् आरामदायी यात्रा गराउने छ। ७९० लिटर क्षमताको बुट स्पेस भएको द्यष्लनगय भ्ख् छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ।

रु. ३१ लाख ९९ हजार सुरुवाती मूल्य पर्ने यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको विश्लेषण गरिएको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीन आकर्षक कलरहरुमा उपलब्ध छ।

गुणस्तरीय लेदर सिटहरु भएको यस गाडीमा १० इन्चको इन्फोटेन्मेट स्क्रिन छ। सुरक्षाको दृष्टिकोणले क्रुज कन्ट्रोल, इलेक्ट्रिक ड्राइभर सिट, ड्युल एयर ब्याग, इबिडी सहितको एबिएस तथा हिल होल्ड लगायतका थुप्रै प्रविधिहरु अपनाइएको छ।

लन्च कार्यक्रममा बिंगुओ ईभीका प्रत्यक्ष प्रदर्शन र यसका विशेषताहरु तथा यसले प्रदान गर्ने सुविधाहरुको बारेमा समेत जानकारी प्रदान गरिएको थियो भने टेस्ट ड्राइभ मार्फत सहभागीहरुलाई ड्राइभिङ अनुभव समेत प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले द्यष्लनगय भ्ख् लाई यसको बनोट, विस्तारित सुविधा, सुरक्षा, प्राविधिक पक्ष अनि सहजताको आधारमा उत्कृष्ट रहेको बताउँदै अत्याधुनिक सुरक्षा c र प्रयोगकर्ता–मैत्री इन्फोटेनमेन्ट प्रणालीको लागि प्रशंसा गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक...

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...