back
Naima

बजाजका नयाँँ–नयाँँ विशेषतासहितको अत्याधुनिक दुई नयाँ मोटरसाइकल सार्वजनिक, कुनको मूल्य कति पर्छ ?

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि(गोल्छा ग्रुप) ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ। यी दुवै अत्याधुनिक मोडलहरुले नेपाली राइडरहरुको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हाम्रा दुई नयाँ बाइकहरु पल्सर एनएस २०० र पल्सर एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ। नयाँँ–नयाँँ विशेषतासहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ। बजाजका यी नयाँँ बाइकले पनि सधैंँझैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ।’

पल्सर एनएस २०० यूएसडी (अपसाइड डाउन)
नयाँ पल्सर एनएस २०० यूएसडी एक यस्तो दुईपांग्रे सवारीसाधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने राइडरको जोशलाई जगाउन डिजाइन गरिएको हो। यस पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ। यस मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ।

पल्सर एनएस २०० यूएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ। जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ। यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटिक ह्यान्डलिङ प्रदान गर्दछ।

पल्सर एनएस १६० यूएसडी (अपसाइड डाउन)

पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० यूएसडी एक गतिशील बाइक हो। जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ–नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मूर्तरुप दिन डिजाइन गरिएको हो।

पल्सर एनएस १६० यूएसडीमा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन रहेको छ। ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४।६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ। आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० यूएसडीले सबैको ध्यान आकर्षित गर्छ। साहसिक पल्सर एनएस १६० यूएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा रहने छैन।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुवै पल्सर एनएस २०० यूएसडी र पल्सर एनएस १६० यूएसडीमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ। जसले गर्दा राइडरले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नेछन्। यी दुवै बाइकमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ। जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ।

यी दुवैमा ३३ एमएम अप साइड डाउन फ्रन्ड सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन्।

यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनहरुले राइडरलाई भिडबाट अलग बनाउँछ। यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ। यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ।

अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरुले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्दछ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४ लाख २४ हजार ९०० र रु. ३ लाख ८४ हजार ९०० मा उपलब्ध छन्।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...