back
nactional

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

काठमाडौं । टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर सार्वजनिक गरेको छ ।

सो स्कुटर इटालीमा भएको ईआईसीएमए २०२२ अटो शोमा सार्वजनिक गरिएको थियो ।

सो स्कुटर हाई पर्फमेन्स स्कुटरको रुपमा ल्याइएको छ र यसका लागि यसमा ३०० सीसी एचपीई पावरट्रेन थपिएको छ ।

भेस्पा जीटीभीलाई स्पोर्टी लुक दिइएको छ । स्कुटरमा कन्ट्रास्टिङ अल–ब्ल्याक ह्यान्डलबार, ५ स्पोक अलोय ह्विल, फुट पेग र रियर ग्य्राब रेल जस्ता डिजाइन रहेको छ । जीटीभी स्कुटरमा एलईडी हेडल्याम्प समावेश छ ।

पियाजियो भेस्पा जीटीभीमा ३०० सीसी सिंगल सिलिन्डर, ४–भल्व टाइमिङ, लिक्विड कुलिङ एचपीई पावरट्रेन छ । २०२२ भेस्पा जीटीभीको पावर आउटपुट २३.४ बीएचपी छ ।

स्कुटरमा कि स्लटको सट्टामा इग्निशन स्टार्ट बटन छ ।

यो नयाँ एलसीडी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा उपलब्ध छ । जीटीभी स्टोरेज कम्पार्टमेन्ट भित्र कनेक्टिभिटी सिस्टम एक्सेसरी पनि उपलब्ध छ ।

सो स्कुटरमा एएसआर इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल र एन्टी–लक ब्रेकिङ सिस्टम समावेश छ ।

अहिले सार्वजनिक मात्र गरिएकाले यसको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...