back

नयाँ डिजाइनमा थप वोल्ड बनेर बजारमा आउँदै डस्टर

काठमाडौं । फ्रेन्च अटो निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरलाई नयाँ डिजाइनका साथ बजारमा उतार्ने भएको छ ।

यो नयाँ एसयुभीको डिजाइनालाई रेनोले थप वोल्ड वनाउने जनाएको छ ।

भारत लगायत एसियाली मुलुकमा कम्प्याक्ट एसयूभीको माग बृद्धि भएपछि रेनोले यो एसयूभीलाई भारतमा उत्पादन गरेको थियो । तर पछि बजारमा माग कम हुँदै गएपछि उत्पादन नै वन्द गर्न पुगेको थियो ।

कम्पनीले आफ्नो नयाँ सीएमएफ–बी प्लेटफर्ममा आधारित रहेर नयाँ डस्टर बजारमा ल्याउने तयारी थालेको हो ।

त्यसको लागि कम्पनीले ४० अर्ब भारतीय रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको छ ।

डस्टरको यो नयाँ मोडल हाइब्रिड इन्जिनमा उपलब्ध हुने बताइएको छ । सन् २०२४ को मध्येतिर लन्च हुने अनुमान लगाइएको यो एसयूभीमा फोर ह्विल ड्राइभको सट्टा अल ह्विल ड्राइभ उपलब्ध हुनसक्ने आँकलन गरिएको छ । हाइव्रिड इन्जिनका कारण यसको माइलेजमा समेत बृद्धि हुनेछ ।

डस्टर यसअघि नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको थियो । नेपालका लागी आधिकारिक वितरक एडभान्स अटोमोवाइल्सले ५ वर्षअघि भित्राएको यो एसयूभी अहिले पनि सडकमा राम्रै संख्यामा गुडिरहेका छन् । फोर ह्विल ड्राइभ एसयूभीमा सवैभन्दा सस्तो मोडलका रुपमा यसले चर्चा वटुलेको थियो ।


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...