back
himalayan life

२ अर्ब ८६ करोडको विद्युतीय सवारी आयातः १ महिनामै थप ३१३ वटा गाडी नेपाल भित्रियो ,कुन गाडी कति भित्रियो ? (लिस्टसहित)

नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने

काठमाडौं । एक महिनामै थप ३१३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ ।

भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को चार महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चार महिनामा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ ।

जुन गत असोजको तुलनामा ४२.८१ प्रतिशतले बढी हो ।

एक महिनामै थप ८५ करोड ८४ लाखको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

चालु आवको असोज मसान्तसम्ममा भने २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरको ७०५ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको थियो ।

सरकारले विद्युतबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न भन्सार राजश्वमा छुट दिएसंगै यसप्रतिको आकर्षण निरन्तर वृद्धि भएको हो ।

विद्युतीय सवारीमा सरकारले दिएको प्रोत्साहनसंगै इलेक्ट्रिक कार, जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधा पनि वृद्धि हुँदै गएको छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा १ हजार १८ वटा विद्युतीय सवारी आयात भएको छ ।

विद्युतीय गाडी आयातबाट सरकारले ८५ करोड ६२ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी भारतबाट विद्युतीय सवारी नेपाल आएका छन् ।

कात्तिक मसान्तसम्ममा १ अर्ब ८५ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरका इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

भारतबाट चार महिनामा ६८९ वटा विद्युतीय गाडी आयात भएको हो । भारतबाट एक महिनामा थप ५१ करोड ४५ लाख बढीको विद्युतीय सवारी नेपाल भित्रिएको विभागले जनाएको छ ।

कात्तिक मसान्तसम्ममा भारतबाट १०० किलोवाट तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

यस्तै, कोरियाबाट ५९ करोड ९८ लाख ७७ हजार रुपैयाँ बराबरको १५५ थान विद्युतीय सवारी आयात भएको छ ।

कोरियाबाट १०० किलोवाट तौल क्षमताका १३९ र १०० देखि २०० किलोवाटका १६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागको तथ्याङ्ककामा उल्लेख छ ।

त्यसैगरि छिमेकी मुलुक चीनबाट भने कात्तिक मसान्तसम्ममा ३८ करोड १२ लाख ५८ हजार रुपैयाँ बराबरका १६९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

यता, अमेरिकाबाट भने २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरका ४ वटा १०० देखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात साउनमा ६२ करोड १६ लाख ८३ हजार, भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...