back

गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी

रामेछाप । रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् ।

किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ । अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलो समेत बनेको छ ।

रामेछापको रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायतका क्षेत्रमा उत्पादन भएको जुनार प्रशोधन गर्ने उद्योग रामेछाप नगरपालिका–७ सुकाजोरमा सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको जुनार सोही उद्योगमा बिक्री हुन लागेको छ ।

मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानहरूको जुनार बगैँचामा नै गएर खरिद गरी ल्याई जुस बनाउने गरेको छ । जुनार टिप्ने, जुनार ताछ्ने तथा जुनार पेल्ने काममा अहिले ७० देखि ८० जना स्थानीयले नियमित काम गरिरहेका सो कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘किसान आफैँले पनि रोजगारी पाएका छन्, गाउँका अन्य मानिसले पनि रोजगारी पाएका छन्’, उनले भने ।

जाडोमा जुनार त्यति नजाने भएकोले त्यसबाट जुस निकालेर राखी गर्मी सिजनमा बजारमा लैजाने सञ्चालक श्रेष्ठले बताए । रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशै भरि र विदेशसम्म पुग्ने गरेको छ ।

‘गर्मीयाममा चाडपर्व, कोसेलीको रूपमा जुनारको जुसको राम्रो माग रहेको छ’, उनले भने ।
यसै बिच वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गरेका छन् ।

गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमहरूले ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउँदै उनले यस्ता उद्योगलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको लागि आफूले पहल गर्ने बताए ।सरकारका तर्फबाट अनुदानमा उपकरणहरू सहयोग भए उद्योगलाई थप विस्तार गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...