back

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सूरुवात गरेको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो ।

यसअघि अफलाइन रुपमा प्रयोग हुँदै आएको प्रणालीलाई डिजिटलरुपमा रूपान्तरण गर्दै विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस)बाट औपचारिक शुभारम्भ गरिएको छ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमबीच उक्त प्रणालीको उद्घाटन गर्दै यसको औजार विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाको कार्यक्षेत्रभित्र विगतमा दर्जनौं सहकारीहरू वेपत्ता भएको, कतिपय झोलामै सीमित रहेको, सूचना प्रणाली कमजोर भएकाले पारदर्शिता नदेखिएको, र पदाधिकारीहरूको लापरवाहीका कारण बचतकर्ताहरूको रकम जोखिममा परेको अवस्थालाई न्यूनीकरण गर्न नयाँ प्रविधिको प्रयोग गरिएको बताए ।

उनले विन्धबासिनी साकोसलाई देशकै नमुना संस्था भएको उल्लेख गर्दै, यो प्रणाली लागू गर्ने पहिलो सहकारी बन्न सफल भएकोमा धन्यवादसमेत दिए । साथै, बनेपा सहकारी इतिहासको सुरुआती केन्द्र भएकाले पनि यो प्रणाली यहाँबाट सुरु गर्नु उपयुक्त रहेको पनि बताए ।

साकोसका अध्यक्ष श्रेष्ठले संस्था नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन भएकाले विन्धबासिनी साकोस देशभर उदाहरणीय सहकारी बनेको बताए ।

उनले बचतकर्ताहरूको कमजोरी, पदाधिकारीहरूको लापरवाही र नियामक निकायहरूको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउँदै, अनलाइन प्रणालीले ती कमजोरी सुधार गरी सहकारी क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

बनेपा नगरपालिकाले प्रस्तुत प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा अगाडि सारेको छ । प्रणालीले २७ वटा सूचकका आधारमा मूल्यांकन गर्नेछ, जसबाट सहकारीहरूको वास्तविक अवस्था थाहा पाउन सकिने नगरपालिका पक्षको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...