back

सहकारी ठगीको अभियोगमा अध्यक्षसहित चारजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संंस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरूले आकर्षक ब्याज दिने र चाहिएका बेला जम्मा भएको रकम झिक्न मिल्ने भनी विश्वास दिलाइ सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी निक्षेप अपचलन तथा ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहकारीमा २२ हजार बचतकर्ताको करिब रु ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ । प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको आचार्यले बताउनुभयो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...