back

नबिल दिगो बैंकिङका विषयमा वुमन लिडरसिप फोरमसँग अन्तर्क्रिया

काठमाडौँ । नबिल बैंक र नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमीका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषय अन्तर्क्रिया हो ।

अन्तर्क्रियामा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदम र उपलब्ध कर्जाका बारेमा जानकारी गराएको थियो। वुमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, फोरमकी सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत उपस्थित कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाको सहभागिता थियो।

संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्दै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरिन्। उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए।

कार्यक्रमको समापन गर्दै नबिल बैंककी सञ्चालकसमेत रहेकी वुमन लिडरसिप फोरमकी सदस्य अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताइन्।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यसअन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाका बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाका बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए।

अन्तर्क्रियामा विभिन्न महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो।

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। सयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।
२०७८ असोज ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२२

एजेन्सी । बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१३

सुर्खेत । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको...

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...