नेपालको विद्युत सुधारको लागि एडीबीले ६० मिलियन ऋण दिने
वि.सं.२०७८ असोज ५ मंगलवार
काठमाडौँ । नेपालको विद्युतीय प्रणालीलाई सुधार गर्न एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एडीबीले करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको हो ।
निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन् । यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ ।
सन् २०२६ सम्म नेपालीको विद्युत् खपत क्षमता ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्यका साथ एडीबीले नेपालको वितरण प्रणालीको क्षमता वृद्धि, सुधार तथा आधुनिकीकरणलाई जोड दिएको बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले जानकारी दिए ।
बैंकले आज मनिलाबाट जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ऋण सहयोगबाट नेपालगञ्ज कोहलपुर १३२ केभी क्षमताको प्रसारण लाइन, चोभार लगनखेल प्रसारण लाइन र दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्ज सवस्टेशनको क्षमता वृद्धिमा खर्च हुनेछ ।
२०७८ असोज ५ गते प्रकाशित
प्रकाशित समय : ११:०६ बजे






















