back

प्रवासी नेपालीलाई ध्यानाकर्षण साथै राहत कार्य तीव्र पार्न विवेकशील साझाको अपिल !

काठमाडौं – कोभिड-१९ को दोस्रो लहर विश्वव्यापी रूपमा सुरु भएको छ। यसले वैदेशिक रोजगारको सिलसिलामा ५० लाख भन्दा बढीको सङ्ख्यामा प्रवासमा रहनुभएका नेपालीहरूलाई प्रत्यक्ष/परोक्ष रूपमा असर पारेको सर्वविदितै छ। लाखौँले पूर्ण या आंशिक रूपमा रोजगार गुमाएका छन्।

 हजारौँ फर्किन नपाई / नसकी अलपत्र परेका छन्। सयौँ विभिन्न कोभिड क्याम्पहरूमा हिरासतसमान जीवन जिउन बाध्य छन् र कयौँ उपचार खर्च अभावमा परदेशमा ज्यान जोखिममा पारिरहेका छन्।

यो सब माझ केही अपवाद बाहेक विदेशमा रहेका नेपाली दूतावास र कूटनैतिक निकायहरूलाई सम्पर्क गर्ने प्रयास गर्दा फोन नउठ्नु, इमेलको जवाफ नआउनु सामान्य-प्राय बनेको छ। वेबसाइटहरूमा पछिल्लो र उपयोगी जानकारी या सूचना नभएको र कतिपय अवस्थामा वर्षौँ देखि अपडेट नगरेको देखिन्छ। यो विश्वव्यापी महामारी माझ विश्वका कयौँ देशहरूले विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काएका उदाहरणहरू छन्। तर, वैदेशिक रोजगारले एकतिहाइ अर्थतन्त्र धानेको देश नेपालको सरकारले प्रवासमा रहेका कामकाजी र विद्यार्थी नेपालीहरूलाई विश्वव्यापी महामारी को यो संकटमा अलपत्र छोडिदिनु अत्यन्त दुखद र खेदजनक छ।

नेपाल बाहिर रहेका लाखौँ लाख नेपालीहरू पुनः कोरोनाको दोस्रो लहरको चपेटामा परेका छन्। यस बिच अपारदर्शी रूपमा कोरोना उद्धार कोषमा करोडौँ थाती राखेर आफ्ना नागरिकहरूको उद्धारमा गरिएको कन्जुस्याइँ खेदजनक छ। संविधानले प्रत्याभूत गरेको नेपाली नागरिकको सूचनाको हक स्मरण गराउँदै कोरोना उद्धार कोषको के कति रकम राहत-उद्धारमा उपयोग भयो भन्ने जानकारी माग गर्दछौँ ?   विश्वव्यापी रूपमा तीव्र गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहर पहिलोभन्दा धेरै गुना खतरनाक भएको र यसले अकल्पनीय भयावह अवस्था सिर्जना गर्न सक्ने आङ्कलन भइरहेको अवस्थामा  यथाशीघ्र विदेशमा सङ्कटमा परेका श्रमिक वर्ग र विद्यार्थीहरूको उद्धारको लागि  आवश्यकता अनुसारको राहत प्याकेज घोषणा गरी तुरुन्तै कार्यान्वयन गर्न / गराउन विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह नेपाल सरकारसँग अपिल गर्दछ।  ​

nactional life
Corporatebazar 11 Anniversary

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...