back
Naima

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ गते

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
संस्थाको गत असोज १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्ताव लाभांश पारित गर्नेछ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २७९.८७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

सोही सभाले सेयर संरचना र कर्मचारीको पद समायोजनको विषयमा असहमति भई दुवै संस्थाबीच प्राप्ति कार्य अगाडि बढाउन नसकिन भएकोले सोका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गरिएको र सो सम्बन्धमा हालसम्म भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन गर्नेछ। यसका साथै उक्त कार्यका लागि नियमनकारी निकायहरुको निर्देशनबमोजिम सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यसैगरी अन्य इजाजत प्राप्त लघुवित्तसँगको मर्जर वा प्राप्ति प्रक्रिया अगाडि सम्पूर्ण कार्यको अख्तियार पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि डिप्रोक्सले यही असोज १२ गतेदेखि असोज २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

२०७८ असोज ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...