back
Naima

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड

काठमाडौँ । मेगा क्यापिटलको म्युचुअल फण्ड–१ अन्तरर्गतका इकाईहरु बाँडफाँड गरिएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म १ अर्ब रुपैयाँ बराबरको निष्काशन गरेको म्युचुअल फण्ड बाँडफाँड गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।

उक्त इकाईमा सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड ५० लाख इकाईहरु अर्थात १ अर्ब २५ करोड बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको हो । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ । त्यस्तै, ५ लाखदेखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४ लाख ३६ हजार ३३० इकाई बाँडफाँड गरिएको छ भने बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासले अझै शसक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास क्यापिटलले गराएको छ । उक्त फण्डको अवधि १० वर्षको रहेको छ । यो एक बन्दमुखी योजना हो ।

२०७८ भदौ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...