back

तीज मान्न माईत गएकी सीतालाई घरमा बोलाएर हत्या

काठमाडौँ । केहि दिनअघि हिन्दू नारीहरुको महानपर्व तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा–८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
उक्त नगरपालिका–५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् ।

असोज ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे ।

उनले श्रीमानको बचन हार्न नसकी उनी घर फर्किइन् । उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु(आमा बेहोस भई ढले ।

मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको तर प्रहरीले किटानी जाहेरी लिन नमानेपछि त्यसको विरोधमा सयौं माईतीजनले आज बुधबार दिउँसो त्यस प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

तीज मान्न माइती आएकी सीता आमा–बाबुलगायतका माइतीजनसँग तीजमा के के चिजहरु किनमेल गर्ने भन्ने बारे चर्चा पनि चल्दै थियो । त्यही क्रममा एक्कासी उनका श्रीमान टीकाको फोन आयो । ‘ल आज साँझ तिमी घर आऊ दिदीको छोराको बर्थडे मनाउनु छ’ भन्दै टीकाले फोनमा भने ।

टीकाले पाल्पा तानसेनको होलाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनले त्यहीँबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए । त्यसपछि उनी भदौ १९ गते दिउँसो करिब २ बजेको समयमा माइत बाट घर हिडेकी थिइन् । माइतीजनले भने सीताको ह’त्या योजनाबद्ध गरिएको भन्दै न्यायको खोजीमा छ ।
२०७८ भदौ २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...