back
himalayan life

गर्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सुरेश र जगतलाई पहिरोले लग्यो, श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस

काठमाडौं । घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दुःखद खबर गाउँमा आएको हो ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको हो । सुरेशको शवलाई हिजो र जगतको शवलाई आज दाहसंकार गरिएको पिडितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिए ।

२७ गते दिउँसो १२ बजे पहिरोले बगाएको बस ६ सय मिटर तल टुक्रटुक्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३० गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए । जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा छन् ।

झण्डै चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर एक जनाले ८० , ९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका थिए । श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस अवस्थामा रहेको नेतृ केसीले बताए । सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताए ।

सोही घटनामा परेर अहिले सम्म १७ जनाको मृत्यु भएको छ । माथिबाट ढुङगा खसिरहेकाले उद्धार कार्य कठिनाइ भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको प्रहरीले बताएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...