back

ग्लोबल आइएमई बैंकले दियो बाढीपीडितलाई राहत

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढीपीडितका लागि राहत दिएको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले यो राहत सामग्री वितरण गरेको हो। बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको छ।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको हो। ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरको रोहबरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरियो।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपत्तिहरुको समयमा सहयोग गर्दै आएको छ।

२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...