back
himalayan life

पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस्ः मन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् ।

योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् ।

उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको भन्दै उहाँले देशका १५ लाख युवाहरुलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए ।

यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरुका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गरे । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए ।

मन्त्री शर्माले युवा बहुल जनसंख्या (आर्थिक रुपले सक्रिय जनसंख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहेनत गर्नुपर्ने धारणा राख्दै आए । त्यसपछि नेपाल ‘एजिङ्ग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आँकलन उनको छ ।

२०७८ भदौ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...