back
himalayan life

गरिमा विकास बैंकको ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता सुरु

काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गइरहेको छ। तर, विश्वमा फैलिरहेको महामारी कोरोनाभाइरसले गर्दा गत वर्षमा जस्तै भौतिक दूरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरुका लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीले भाग लिन सक्ने बैंकले जनाएको छ।

यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ। यस पर्वको मर्मविपरीत बनेको वा उच्छृंखल तबरले बनेका भिडियोहरुलाई विजेताका रुपमा छनोट नगरिने बैंकले जनाएको छ।

यस प्रतियोगिताको विजेताले रु। ९ हजार, उप–विजेताले रु। ६ र तेस्रो हुनेले रु। ३ जित्ने छन् र एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु। २ हजार जित्नेछन्।

विजेताको घोषणा भिडियोमा आउने लाइकका आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ।

यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै सर्तहरुलाई बैंकको फेसबुक पेज र बेबसाइटमा राखिएको छ। इच्छुक महिला टिकटकरहरुले आज भदौ १० गतेदेखि भदौ २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar#Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सकिने छ ।

 

२०७८ भदौ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...