‘केएल टावर’मा भ्याली एक्सप्रेसको छौठौं शाखा संचालनमा
वि.सं.२०७८ भदौ ९ बुधवार
काठमाडौं । मासुजन्य व्यापारको उद्देश्यले संचालित भ्याली कोल्ड स्टोर फाष्टफुडको व्यापारमा पनि प्रवेश गरेको छ । योसँगै भ्यालीले काठमाडौं चावहिल स्थित ‘केएल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा संचालनमा ल्याएको छ ।
स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै हाल सञ्चालनमा रहेका अन्य शाखा झैं अहिलेको महामारीको समयमा यस शाखाले पनि ‘टेक अवे’ र ‘होम डेलिभरी’ मार्फत मात्र आफ्ना परिकारहरू पस्किने भ्यालीले जनाएको छ ।
भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किई सन्तुष्ट बनाउने लक्ष्य लिएको भ्याली एक्सप्रेसले जनाएको छ ।२०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गरेको थियो ।
२०७८ भदौँ ९ गते प्रकाशित
प्रकाशित समय : १५:०३ बजे

















