back

कुलमानको नियुक्ति विरुद्धको रिट प्रधानन्यायधीश चोलेन्द्रको इजलाशले आज सुनुवाई गर्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति विरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट माथि आज सुनुवाई हुने भएको छ ।

प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको इजलाशले उक्त रिटको सुनुवाई गर्न लागेको हो ।

शाक्यले गत सोमबार सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अन्तरिम आदेश माग गरेका छन् ।

आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका छन् । उनले आफुलाई सो पदमा पुनर्बहाली गर्न पनि आदेशको माग गरेका छन् ।

यस अघि यस मुद्दाको पेशी गत बुधबार तोकिएकोमा बेन्च बस्न नभ्याएपछि स्थगित भएको थियो । उक्त रिटको पेशी न्यायधीश कुमार रेग्मीको एकल इजलाशमा तोकिएको थियो ।तर न्यायधीश रेग्मीको बेन्च अर्का न्यायधीश सपना मल्ल प्रधानसंग संयुक्त इजलाशमा पनि तोकिएको थियो ।

न्यायधीश रेग्मीलाई एकल इजलाश र संयुक्त इजलाश पनि तोकिएकोले उनले एकल इजलाशको बेन्च बस्न नभ्याएका हुन् । न्यायाधीश रेग्मीको एकल इजलाशमा तोकिएको कुनै पनि मुद्दामा त्यस दिन सुनुवाई भएन । आज भने प्रधानन्याधिश जबराको एकल इजलाशमा यो मुद्दा दोस्रो नम्बर मै रहेकोले सुनुवाई हुने सम्भावना अधिक छ ।

२०७८ भदौँ ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...