back

पत्रकार मुजिबुल्लाह फसाँउने काण्ड, दुई प्रहरी निलम्बित

रौतहट । रौतहटमा सादा पोसाकमा खटिने घुमुवा प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ ।

निर्दोष व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्वीकार गरेको छ । घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरी कार्यालय रौतहटले पुष्टि समेत गरेको छ । सोमबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरि मोजिबुल्लाहलाई फसाएको पुष्टि गरेको छ ।

शाहका अनुसार सञ्जय शहनीले नै धिरज तथा जितेशलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । ३२ साउनमा पत्रकार मोहम्मद मोजिबुल्लाह चढने मोटरसाइकमा लागूऔषध राखिएपछि, शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर लागूऔषध चेक गर्ने लगाइ पक्राउ गराएका थिए ।

तर, सीसीटीभी फुटेज अनुसार षड्यन्त्र गरी मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखी उनलाई फसाएको पुष्टि भएसंगै घटनामा संलग्न रहेका धिरज यादव र जितेर यादवलाई हिरासदमा लिएको थियो । शाहका अनुसार जिल्ला अदालत रौतहट गौरबाट ६ दिनको म्याद थप अनुमति लिई यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । षड्यन्त्र गरी निर्दाेश व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेको र गैरव्यवसायिक काममा संलग्न भएका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको सिद्धिविक्रम शाहले बताए ।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...