बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ ईसेवाबाटै भर्न सकिने
वि.सं.२०७८ भदौ ७ सोमवार
काठमाडौँ । जारी बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ई–सेवा मार्फत नै आवेदन दिन मिल्ने भएको छ । कम्पनीले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा इसेवाबाट आवेदन दिन मिल्ने भएको हो ।
ईसेवाबाट आवेदन दिनका लागिः
–ईसेवा खोलेर ( BBHCL – IPO (Nuwakot Only) मा क्लिक गर्ने ।
–नुवाकोटबासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता राख्ने ।
–आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्ने हुन्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ ।
– प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका बिक्रि खुला गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि छिटोमा भदौ १४ गतेसम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
२०७८ भदौँ ७ गते प्रकाशित
प्रकाशित समय : १६:११ बजे






















