back
himalayan life

एशियन लाइफ इन्स्योरेन्सको नाफा २५ करोड बढी, बीमा शुल्क आर्जन ५.८ अर्ब

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आर्थिक वर्षको तुलनामा ३९.८५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको समिक्षा अवधिमा कम्पनीले १८ करोड १८ लाख ६३ हजार २५४ रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले ९९ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ६२ करोड ६८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८२ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमा कोषको आकार २२.५२ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जीवन बीमामा २१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष ५४ करोड ७० लाख ६५ हजार २९८ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८९ करोड ९२ लाख ६५ हजार ८८० रुपैयाँ भएको छ।

यो अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख २५ हजार ६१ रहेको छ। अघिल्लो वर्ष कुल कायम रहेको बीमालेखको संख्या २ लाख ९० हजार ७२३ रहेको थियो।

चुक्तापुँजी २ अर्ब १ करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, पीई अनुपात १०६.५७ गुणा र प्रतिसेयर नेटवर्थ १४९.२४ रुपैयाँ रहेको छ।

 

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...