back
himalayan life

ओली पक्षका मान्छे हटाउन नेता नेपालको समर्थन, नयाँ नियुक्ति तत्काल नगर्न सुझाव

काठमाडौँ। निर्वतमान नेपाली कांग्रेसको सरकारलाई समर्थन गरिरहेको नेकपा एमालेको माधव नेपाल पक्षले ओलीले नियुक्ती गरेका राजनीतिक नियुक्तिहरु हटाउन समर्थन गरेका छन् । नेता नेपालले तत्काल नयाँ नयुक्ति नगर्न सुझाव दिँदै सत्ता गठबन्धनलाई ओली निकट नियुक्तिलाई हटाउन समर्थन गरेका हुन् ।

नेपाल निकट एक नेताले भने ‘केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गर्नु भएको छ ।’

नेता नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नदेखेको बताउँदै नियुक्तिमा हतार नगर्न आग्रह गरेका हुन् ।

शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दुःख गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत प्रष्ट पारेका थिए ।

नेपालले भनेका थिए ‘यत्रो मेहनत गरेर हामीले यो सरकार ल्याउने,अनि सरकारको जम्मै ठाउँमा नियुत्ति केपी ओलीले त विरोध गर्ने भइहाल्नुभयो अनि यो सरकारलाई गर्न दिने ? देशभरका जम्मै नियुक्तिहरुका कुरामा गर्ने के? तर हामीले रोकेका छैनौं है,सरकारको बारेमा । हामीले भनेका छौं कि तपाईहरु सरकार बनाउँदै गर्नुस्,मन्त्री बनाउँदै गर्नुस् । किनभने हाम्रै टुंगो छैन,के हुने भन्ने ।’

त्यस्तै देउवाको सरकारले ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी थालेको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...