back

अन्तराष्ट्रिय कुस्ती खेलाडी बैरागीका हत्यारा पक्राउ

रौतहट । अन्तराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेका एकजनालाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ ।
आठौ साफ खेलकुदमा कास्य पदक बिजेता उपेन्द्र दास बैरागीको १० बर्ष पहिला जिल्ला सदरमुकाम गौरमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । बैरागीको हत्यामा संलग्न रहेका देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी हजरालाई गौर नगरपालिका वडा नं. ५ बाट बुधबार जिल्ला प्रहरी कार्यलय रौतहटले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका सुचना अधिकारी नारायण प्रसाद चिमोरीयाका अनुसार बैरागीकी श्रीमती राम कुमारी देवीले कर्तव्य ज्यान मुद्धामा हजरा बिरुद्ध जाहेरी दिएकी थिइन् । उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखा दक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि पीडित परिवारले क्षतिपूर्ती र न्याय पाउन सकेका थिएनन् । १० बर्ष सम्म हत्यामा संलग्न पक्राउ पर्न नसक्नु र राज्यबाट समेत क्षेतीपुर्ति नपाउदा बैरागी परिवार पिडित बन्दै आएको थियो । हत्यामा संलग्न एकजना १० बर्ष पछि फेला परेको भएपनि वास्तबिक हत्यारा अझै फेला पर्न नसकेको बैरागीका छोरा प्रेम यादवले बताए । हत्यामा संलग्न २ जना अझै गाउघरमै भएको भए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको प्रेमको भनाइ रहेको छ ।

२०७८ साउन २८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४७

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...