एनएमबीले पायो १ अर्बको खुल्लामुखी फण्डका इकाई निश्कासनको अनुमति
वि.सं.२०७८ साउन २५ सोमवार
काठमाडौँ। एनएमबीको खुल्लामुखी फण्डले आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ । चालु आर्थिक वर्षको पहिलो म्युचुअल फण्डको रुपमा
एनएमबीले खुलामुखि फण्डले आईपीओ निश्काषनका लागि अनुमति पाएको हो ।
एनएमबी क्यापिटल लिमीटेड फण्ड म्यानेजर रहेको ‘एनएमबी सरल बचत फण्ड–ई’ नामको खुल्लामुखी यो फण्डले १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्न लागेको हो ।
एनएमबी बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबी क्यापिटलले हाल बजारमा तीनवटा म्युचुअल फण्ड संचालन गरिरहेको छ । उसका ुएनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१, एनएमबी हाइब्रीड फण्ड एल–१ र ‘एनएमबी फिफ्टी नामका योजनाहरु हाल संचालनमा रहेका छन् ।
२०७८ साउन २५ गते प्रकाशित
प्रकाशित समय : १२:५३ बजे






















