back
himalayan life

निफ्राले पाँचखालमा सुविधासम्पन्न सहरी पूर्वाधार विकासमा सहकार्य गर्ने

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ।

सार्वजनिक निजी साझेदारीका माध्यमबाट सहकार्य गर्ने विषयमा निफ्रा र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको हो । एक कार्यक्रमकाबीच पाँचखालका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै अब निफ्राले पाँचखालमा रहेका सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरवासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजनाअन्तर्गत रहेको पाँचखालमा ‘सुविधासम्पन्न सहरी पूर्वाधार विकास तथा निर्माण’ र उक्त परियोजना निर्माण गर्न आवश्यक सहकार्य गर्नेछ।

यसका लागि निफ्राले प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटकालागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्नेलगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गर्नेछ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित निफ्राले आगामी दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकार÷निकायसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिइएको जनाएको छ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...