back

एसियन लाइफ इन्स्योरेन्सद्धारा एजिएम आह्वान

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आउँदो साउन ३१ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ साउन १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।

सभाले ६ जना सञ्चालक चयन गर्नेछ। जसमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन हुनेछन्। एकजना स्वतन्त्र विज्ञ सञ्चालक पनि सभाले चयन गर्नेछ।

सोही सभाले कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात परिमार्जन गर्न प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन हुनेछ। जसअनुसार अब कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६०ः४० कायम हुनेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० रहेको छ।

सभाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा।नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सोसम्बन्धी संलग्न अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ।

आर्थिक वर्ष २०७५।७६ का लागि कम्पनीले सेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।
२०७८ साउन ८ गते प्रकाति

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...