बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार

वि.सं.२०७८ साउन ८ शुक्रवार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाला सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला सुन ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
२०७८ साउन ८ गते प्रकाति

प्रकाशित समय : ०५:४५ बजे